Skip to main content

Posts

श्रीअन्तु, इलामका नामखर वंशज घिमिरेहरूको नालीबेली

                                  –          -------------------------------------------- -एकु घिमिरे, श्रीअन्तु                                    हालः टेलिकम टेक्निसियन, चैनपुर, सङ्खुवासभा                        १. विषयपरिचय      पूर्वी इलामको साविक श्रीअन्तु गा. वि. स. वडा नं. १, २ र ३ अनि समालबुङ गा. वि. स. वडा नं. ९ मा घिमिरेहरूको बसोबास छ । हाल सूर्योदय नगरपालिका वडा नं. ४ मा पर्ने सो ठाउँमा अहिले पनि घिमिरेहरूको बाक्लो बस्ती र धेरै जनसङ्ख्या रहेको छ । यहाँबाट बसाइँ सरेर गएका घिमिरेहरू पनि पूर्वका विभिन्न स्थानमा पुगेका छन् । अन्तु क्षेत्रमा भएका घिमिरेहरूलाई बृहत् घिमिरेवंशावलीका आधारमा अध्ययन गर्दा चार किसिमका देखिन आएका छन् : क.नामाखर बंशका घिमिरे बन्धुहरू (सबैभन्दा धेरै सङ्...

चैनपुरको ऐतिहासिक स्वस्थानी र प्रचलित स्वस्थानीको तुलनात्मक तथा विश्लेषणात्मक अध्ययन

 

बचत

            -एकु घिमिरे, इलाम ; हालः सङ्खुवासभा      टासीगाउँमा आज हिउँ परेको छ । जाडामा मान्छेहरू घरभित्रै आगो तापेर बसेका छन् । दावा, छेपाल, पासाङडिकी र सानो भाइ दातेन्जी पनि आफ्ना पागागा तथा आमगागाको कथा सुन्दै फलामको चुलामा बालेको आगो तापिरहेका छन् । पागागाले भन्नुभयो : ‘ दावाले किन चुलामा चाहिनेभन्दा धेरै दाउरा हालेको ? यो दुईटा झिक ।’ पागागाको कुरामा सही थाप्दै अनि दावाले भर्खरै थपेका दुईटा दाउरा झिक्दै आमगागाले भन्नुभयो : ‘ यी दुई दाउरा चुलामा छाड्नु हो भने एक घन्टामा बलिसक्छन् । तर तातो चाहिँ यिनीहरू नबाल्दा पनि त्यती नै आउँछ । हरेक एक घण्टामा हामीले दुई टुक्रा बचत गर्दा एक दिनमा झण्डै एक भारी दाउरा पो बचत हुन्छ ।’ पागागाले फेरि फलामे चुलाको बिर्को चिम्टाले खोलेर दाउरा मिलाएपछि थप्नुभयो : ‘गुरु रिम्बोचेले पनि हामीलाई हरेक चिजवस्तु वचत गर्न भन्नुभएको छ । बचतले हामीलाई दह्रो बनाउँछ, अत्मविश्वास बढाउँछ ।’ पा गागाको कुरामा सही थाप्दै दावाले भने : ‘ हामीलाई स्कुलमा हेडसरले पनि बचतका बारेमा भन्नुभयो । उहाँले हरेक दिन खाजा खान लगेको ...

धरणी खण्डकाव्य