Skip to main content

रित्तो भो अन्तुडाँडा!!

रित्तो भो अन्तुडाँडा!!

रित्तो-रित्तो लाग्छ यो टारबारी
बा'कै झल्को दिन्छ त्यो बाँसघारी।
बाबा!खोजी गर्छ लोटा र भाँडा
बाबा जाँदा रित्तो भो अन्तुडाँडा!!

ढाका टोपी चट्ट् लाएर हिंड्ने
गुन्गुन् गीत गाएर हिंड्ने।
रोपी चीया,चाँप फ्याँकेर काँडा
बाबा जाँदा रित्तो भो अन्तुडाँडा!!

कुशे औंशी आइगो याद उस्तै
मेरो छोरा हिंड्छ बाबा दुरुस्तै!
यादै याद्ले बित्दछन् चाडबाड
बाबा जाँदा रित्तो भो अन्तुडाँडा!!

लेघ्रो तान्दै श्लोकको त्यो दशैंमा
ढोका माथि गोबरैको निशाना!
कस्ले पर्ला?जानुभो धेर टाढा
बाबा जाँदा रित्तो भो अन्तुडाँडा!!
    श्रीअन्तु-२,इलाम
 हाल:चैनपुर्,संखुवासभा

Comments

  1. कबिता ले साँचै काकाको याद दिलायो आज मलाई,, वास्तविक बिगत मा फर्कायो

    ReplyDelete

Post a Comment