Skip to main content

गाउँले साथी र म


                                                  ⇛  एकु घिमिरे 

चराहरूको चिर्विर अलार्मले ब्युँझनु 
धारा र भरिएको कुवाको मुधुर धुनमा 
अक्षरहिन लोकलय गुनगुनाउनु 
पाठा र बाच्छाका गीतहरूमा नाँच्दै 
डोकाको क्षमताभन्दा चुली खुशि बटुलेर 
मुस्काउँदै -सुस्ताउँदै हिँड्नु उसको दैनिकी हो । 

म त अबेर सुतेर छटपटाइरहन्छु शहरमा 
मोवाएलको कर्कश अलार्मले ब्युँझन्छु 
गाडी र कारखनाको रुखो लयमा 
झर्कँदै हिँड्नुपर्छ सधैंँ -सधैंँ 
हाकिमको आदेशको पछि कुदिरहनुपर्छ 
घट्टामा घान हालेको एक थुन्से अन्नजस्तो मेरो खुशि 
घटदै -घट्दै गइरहेछ 
पिसिँदै-पिसिँदै गइरहेछ 
कठै ! धुलिएरै सकिन्छ शहरमा खुशी !!    

Comments