Skip to main content

सम्मान

         सम्मान

सम्मान शब्द कविले कति जप्न थाले
सम्मान खातिर कठै कविता निकाले ।
सम्मानकै हरघडी किन हुन्छ चर्चो
सम्मान थाप्न कवि होड छ लाजमर्दो ।।

सम्मान लिन्छ पहिले अनि तिर्छ पैँचो
सम्मान पर्म जब तिर्छ र मान्छ सन्चो ।
सम्मान सापट लिई कवि मख्ख पर्दो
सम्मान थाप्न कवि होड छ लाजमर्दो ।।

लेखेर हुन्छ कवि, लेख्न र पढ्न अल्छी
सम्मान मात्र कवि खातिर भा'छ बल्छी ।
सम्मानकै रहरले कवि साख गिर्दो
सम्मान थाप्न कवि होड छ लाजमर्दो ।।

वा! वा!! भन्यो, अबिरले अनुहार छोप्यो
सम्मान शब्द पनि खात र खात बोक्यो ।
भूपी र भानु छलिने कविकै छ लर्को
सम्मान थाप्न कवि होड छ लाजमर्दो ।।

Comments