Skip to main content

कोरोना गजल !!

कोभिड कोडी रै'छ असर पार्‍यो जथाभावी 
कोरोना नामले मान्छे मार्‍यो जथाभावी ।

सामाजिक प्राणी हामी भन्ने बुझेको हो 
मान्छे-मान्छे दुरी पर सार्‍यो जथाभावी । 

गाउँघरमा सधैंँ खुल्ला हुने गर्थे घर
यो पापीले बाटोघाटो बार्‍यो जथाभावी ।

कति बिहान देख्ने आशा बोकेका ती आँखा,
झ्याप्प पारी थुन्दा आँशु झार्‍यो जथाभावी ।         

Comments

Post a Comment