झोले-विद्वान संवाद !
नीति नाथे के गर्नु र , नेता आओस् गाउँमा - झोले
नेता आए खर्चमात्रै , नीति छाओस् गाउँमा ! -विद्वान
नीति आए-गएको खोई कस्ले देख्छ यहाँ ?
नेता, जनता सेल्फी खिच्न पाओस् गाउँमा !-झोले
नीति बने एकपटक हुन्छ जुग -जुगलाई
राम्रो नियम लगाई गुन लाओस् गाउँमा । - विद्वान
हप्ता-हप्ता दिनमा नेता आउनुपर्छ एता !
सँगै बसी दारू -मासु खाओस् गाउँमा । - झोले
उसले उता नीति-नियम राम्रो बनाएर
कार्यान्वयन गर्न झोले दाओस् गाउँमा !- विद्वान
-एकु घिमिरे , अन्तुडाँडा, इलाम
हाल : चैनपुर, स्ङखुवासभा
Comments
Post a Comment