चार दिनमा अरुण पूर्व
यो यात्रा सत्तरी सालको हो । बेला कार्तिक एक देखि चार गतेसम्म । ठाउँ शीर्षकले भनेजस्तै अरुण पूर्वका नौ जिल्ला । उद्देश्य पूर्वको पवित्र धार्मिक स्थल पाथिभरा पुग्ने ।
कार्त्तिक एक गते बिहान ठीक साडे पाँच बजे म अरुण नदीको मुख्य जिल्ला संखुवासभाको चैनपुरबाट धरान झर्ने लेण्ड लोभर चडेँ । तिहारको माहोल थियो । चेली माइती भेट्न अनि माइतिहरु चेली भेट्न जाँदैथिए । दोस्रो संविधानसभाको मिति पनि नजिकिँदै थियो । आकाश नीलो थियो । गाडीबाट हरेक घरका छेउमा सयपत्री, काँशी ,गोदावरी र मखमली फुलेका देखिन्थे । घरहरु चिटिक्क बनाइएका थिए । ठाउँ-ठाउँमा लिङ्गे पीङ मच्चिरहेका रमाइला दृश्यहरु पनि देखिन्थे । गाडीमा कि तिहारको या चुनावको कुरो सुनिन्थ्यो । लोक गीत बजाउँदै गाडीले टुटे देउराली कटायो र तेह्रथुम जिल्लाको बशन्तपुर बजारमा चिया खान एकैछिन बिसायो ।मैले अरुण पूर्वको दोस्रो जिल्ला टेक्न पाएँ ।
बशन्तपुरबाट गाडी मकालुको सुन्दतासँग लुकामारी खेल्दै सिँधुवातिर लाग्यो । देउराली देखि पीच सडक थियो उसैले गाडीको गती निक्कै थियो ।बन्दा कोपीका हेरिरहुँ लाग्ने गह्राहरुका बिचबाट हामी गूडाइँदै रह्यौ । सिंधुवा बजार कटाएर गाडी अलिक ओरालिदै धनकुट्टाको हिलेमा रोकियो । मेरो लागि यो अरुण पूर्वको तेस्रो जिल्ला थियो र अब बाँकी छ जिल्ला टेक्नु थियो । गुम्बा होटलमा खाना खाइयो । अरुतिर भन्दा हिलेको खाना राम्रो हुन्छ । मिठो थियो र सफा देखिन्थ्यो ।गाडीले अलिक हरियो जस्तो देखिने पानी भएको तमोर नदी कटायो । उकालीएर चिसो भेडेटार पुर्यायो । सुन्दर घुम्तिहरुमा घुमाउँदै धरानको भानुचौकमा भएको घण्टाघरमा ठीक पौने एक बज्दा झारिदियो । मेरो लागि यो चौथो जिल्ला थियो । हत्त्पत्त एउटा टेम्पो चडेर म विजयपुरको इलामेली पथमा रहेको हाम्रो घर गएँ ।त्यहाँबाट ज्याकेट , सुइटर , हाइनेक र ट्राउजर बोकेर म उही ट्याम्पोमा भानुचौक झरेँ । एउटा झापा जाने बसमा उर्लाबारीको टिकट काटेँ र पूर्वतर्फ लागेँ । उर्लाबारीमा बसबाट ओर्लँदा चार बजेको थियो अनि भूइँमा टेक्दा पाँचौ जिल्लामा पुगेको घमण्डले फुलेको थिएँ । हुन पनि म त्यहाँ जिल्लाको सङ्ख्या बढाउनकै लागि मात्र झरेको थिएँ । झापा पुग्ने हत्तार थियो । त्यहाँ खाजा खाएँ अनि अर्को बस चडेर विर्तामोड झरेँ ।
विर्तामोडमा भाइ रुद्रले मोटार्साइकल लिएर पर्खिराखेको थियो । साँझ पर्न लागेको बेला हामी छैटौँ जिल्ला झापा छोडेर सातौँ जिल्ला इलामको मायालु भूमिमा गूड्न थाल्यौँ । मेरो मूल घर इलामको अन्तुबाट नजिकैको ठुलो बजार विर्तामोड नै हो । सधैं त्यो बाटो कुदिराख्ने भएकाले भाइलाई वास्तै थिएन । मलाई भने झमक्क अँध्यारोमा त्यस्ता घुम्तिहरु भएको सडकमा कुदिन एकदम डर लागेको थियो । ऊ भने अनेक गफ गर्दै हाँकिरहेको थियो । कुटिडाँडा पुगेपछि मुटु छेड्लाजस्तो जाडो लाग्यो । हर्कटे बजारको एउटा होटलमा खाजा खाएर हामी कन्याम चीयाबगान हुँदै फिक्कल पुग्नुभन्दा अलिक अघिको मालुम भन्ने ठाउँबाट अन्तुतर्फ पूर्वियौँ । घर पुग्दा निक्कै राती भैसकेको थियो । खानपीन गरेर सुतियो । यसरी एकै दिनमा अरुण पूर्वका सात जिल्ला टेकेर थाकेको शरीर झ्याप्पै निदाएछ ।
भोलिपल्ट करिव छ बजे उठियो । नुहाइ-धुवाइ गरियो । चिया पियौँ अनि सात बज्न लाग्दा आमाले शुभयात्रा भन्दै लगाइदिनुभएको रातो टिका लगाएर ताप्लेजुङको पाथिभरासम्म पुग्ने योजनाका साथ मोटार्साइकलमा हुंइकियौँ । उत्तरतिर कन्चनजंघा हिमाल मुस्कुराइरहेको थियो । अन्तुको चियाबारीमा शितका थोपा चँदिजस्तै टल्किएका देखिन्थे । नजिकैको चिया कारखाना एकतमासको आवाजमा कराइरहेको थियो । इलमले बाँचेको र पौरखले हाँसेको हाम्रो इलामको परिचय दिन थुप्रै कर्मशिलहरु घाँसको भारी लिएर फर्कदै थिए । कोही दूध बेचेर फर्कदै थिए । 'होम-स्टे'का पहुनाहरु अकबरे , घीउ ,काँक्रा आदि किनेर गनतब्यतिर फर्कदै थिए । भारत छिर्ने गल्छिडो भएकाले अन्तुको त्यो ठाउँलाई छिरुवा भन्छन् जहाँ राम दाजु र कमल भाइसँग भेट भयो । उमेरका हिसावले हामी चार भाइ मध्ये बडबाका छोरा राम दाजु सबैभन्दा जेठो ,दोस्रो म , तेस्रो कमल भाइ र चौथो मेरो भाइ रुद्र । हामीसँग दुईवटा मोटार्साइकल थिए र तीनजना चालक थियौँ ।शुरुमा म चालक जगेडा बसेँ । भाइहरु कमल र रुद्र्ले हुँइक्याए । फिक्कल बजारमा केही औषधी , ब्यन्डेज, ग्लुकोज र मिश्री किनेर हामी अगाडि बड्यौँ । म रुद्रसँग अनि राम दाजु कमल भाइसँग टाँसिएका थियौँ ।पञ्चकन्या देवीको मन्दिरमा अभिवादन चडाउँदै प्रसिद्ध शैक्षिक क्षेत्र कर्फोक क्यम्पसलाई छोडेर हामी आईतबारे र तीनघरे बजार काटेर अघि बड्यौँ । अर्काले चलाएको मोटार्साइकलमा बसेर सुरम्य दृश्य हेर्दै कल्पनामा डुब्न खूव मज्जा हुने रहेछ । वि.स. २००९ मा कर्फोकमा भएको साहित्यिक कार्यक्रम जहाँ महाकवि लक्ष्मी प्रसाद देवकोटा ,नाटय सम्राट बालकृष्ण सम, कविशिरोमणी लेखनाथ लगायतका थुप्रै सर्जकले टेकेको साहित्यिक तीर्थ क्षेत्रमा थिएँ म । उहिल्यै सप्तरत्न रामायाण प्रकाशित गर्ने कवि पद्म प्रसाद ढुंगानाको त जन्म र कर्मथलो नै त्यही क्षेत्र हो । ताना शर्माको गाउँ पनि फिक्कल नजिकको बरबोटे हो । प्राज्ञ गणेश रसिकको बसोबास क्षेत्र रम्फोक पनि अघि फिक्क्कलबाट निहालेकै हो । गीतकार बुद्द्बिर लामा उहिल्यै यो बाटो कच्ची नै हुँदा ट्रक संगसंगै कुद्न सक्थे भन्ने कथा सुनेको, भेटेर सोध्न पाएको छैन । उनले लेखेका प्रेम गीतमा यही हरियालिको छाँया र माया मिसिएको छ । नारायण गोपालले आफ्नो उत्तराधिकारी मानेका गायक कुबेर राईको गाउँबाट त आजको हाम्रो यात्रा श्रीगणेश नै भएको हो । यम बराल , ज्ञानेन्द्र गदाल ,लेखु विवस ,बुलु मुकारुङ ,गणेश पराजुली, यसोदा पराजुली ,भुपेन्द्र राई ,वृष प्रधान र पूजन प्रधानहरु यतिबेला पनि श्रोता माझ यही क्षेत्रको सुरम्यता सुनाइरहेका छन,यतैका भाका भरिरहेका अनि लेखिरहेका छन् । जस्को कोकिल कण्ठलाई सिँचाइ गर्ने यही ठाउँको पानी हो ।सिर्जनामा प्राण भर्ने यही भूमिको बायु हो । हामी गूड्दै भालुखोप पुग्यौ जहाँबाट पुगिन्छ कलाकारद्वय बलराम र जगदिश सामालको गाउँ। आम्मामामामा !! कला क्षेत्रमा लागेका यत्तिका सर्जकहरु जन्माउने, हुर्काउने र पाल्ने यो क्षेत्रलाई सलाम गरिनसकी हामी राजदुवालिको पूलबाट माई खोला तर्न पुग्यौ ।अझै थुप्रैको नाम पनि सम्झिनै भ्याइएन । अब त झन सदरमुकाम छिरिएको थियो । त्यत्तिका इलामेली सर्जकहरुको नाम म नाथेले के सम्झन भ्याउनु ! बरु एकपटक जुद्ध बैध्यलाई सम्झिएँ ।उहाँलाई सम्झेपछी इलाम र इलामेली सर्जकको नालिबेली मात्र हैन सात पुस्ता नै आइहाल्छ । सिङ्गै इलामको जिवित सङ्ग्रहालयलाई नै सम्झेपछी कोही छुट्यो कि भन्ने पीर पनि हट्यो ।
हामी कहिले एउटा अघि त कहिले अर्को गर्दै कुदिरह्यौँ । विब्ल्याँटे पुगेपछि कमल भाइको सट्टा म चालक बनिएँ । रमाइला गाउँ ,जङल र खोलाहरुसँग लुकामारी खेल्दै हामी राँके पुग्यौँ । त्यहाँको एउटा होटलमा खाना खाइयो र फेरी कुदियो । हामी ८२०० फूट उचाइमा अवस्थित पौवा भञ्ज्याङ पुगेर एकैछिन उभियौँ । मेरो मुखबाट आकस्मत फुत्किएछ 'आठ '। सबैले के आठ भनेर जिज्ञासा राख्दा मैले हिजोबाट शुरु गरेको यात्रामा अरुण पूर्वका आठ जिल्ला टेकेको कथा सुनाइदिएँ । किनकी हामी यतिबेला पाँचथर जिल्लामा थियौ ।पौवा भञ्ज्याङ पुग्दा मलाई दुई कुराको याद आयो । एक मेरा साहित्यिक मित्र विवश बलिभद्र कोइरालासँग त्यो ठाउँमा लेखक द्वय वेदना राराहाङ र रोशन त्यागिको संयुक्त गजल कृति 'अतीव आवहान ' लोकार्पण गर्न आउँदा एक रात बसेको अनि महानन्द प्रतिष्ठानको एक भब्य साहित्यिक कार्यक्रमका लागि फिदिम जाँदा लोक दोहोरी गाउँदै रमाएको । यी कथा सुनाएर हामी सुन्दर फिदिम बजारको अलिक माथिबाट फोटो लिँदै अगाडि वडयौँ । विविध घुम्तिहरु पार गर्दै हामी सल्लेरी भन्ने सुन्दर ठाउँमा सुस्ताउन पुग्यौ । फिदिम सम्म यस अघि म आइपुगेको थिएँ, त्यसपछिका हरेक ठाउँ हाम्रो टोलिका लागि नौला थिए । सल्लेरीमा मिठो सुवासले भरिएको चुवा फूलसँग फोटो खिच्दै हामी उकालियौँ । अब हामी जोर पोखरी पुग्यौँ । त्यहाँकी एक लेखिका मित्र उमा ओडारीसँग भेट्ने रहर पुरा भएन । उहाँको घर अलिक तल रहेछ , हाम्रो यात्रा निक्कै टाढासम्मको । फेरी तिहारले झ्याप्पै छोपेको हुँदा हत्तार पनि थियो । बरु सुक्न लागेका जोर पोखरीको फोटो खिच्न यसो बिसाएका बेला नजिकै हिँडने युवतिहरुलाई यो ठाउँका बारे केही जिज्ञासा राख्यौँ । उनीहरुले यी पोखरीहरु भाले र पोथी भएको बताए । यत्तिकैमा राम दाजुले पोखरीको भाले र पोथी कसरी चिन्न सकिन्छ भनेर प्रश्न राखेपछि उनीहरु लजालु हाँस्दै बाटो लागे । हामी पनि त्यो रमाइलो क्षणको सम्झना बोकेर अगाडि बड्यौँ ।
गोपेटार बजार कटेर हामी स-साना गाउँ छोडेर भालु बजार भन्ने ठाउँमा पुग्यौ । खाजा खाएर त्यहाँबाट पनि अघि बडियो । डिजेल मात्र पम्पबाट बेच्ने दोकानबाट बोत्तलको पेट्रोल हालेर हामी काबेली नदिको मलिलो बेँसिमा कुदिरह्यौँ । भन्न र लेख्न चाहिँ पेट्रोल पम्प भनिए/ लेखिए पनि त्यो डिजेल पम्प मात्र रहेछ । बल्ल पुगियो काबेली नदिको पूल । तर्ने बेलामा ताप्लेजुङ् बाट भारत लगिएका सयौ गाई-गोरुको हुलले निक्कैबेर रोकिनु पर्यो । त्यही मौकामा फोटो खिचेर हामी कुदियो फुङ्लिङ बजार ताकेर ।फुङ्लिङ बजारको स्वागत द्वार पुग्दा साँझ पर्न थालिसकेको थियो । एउटा सानो पसलमा खाजा खाएर हामी हत्तपत्त सुकेटार बिमानस्थलको बाटो उकालीयौँ । एकातिर साँझ परेको अर्कोतिर कुहिरो लागेको , पुरै अन्धकार भयो । मोटर्साइकलको हेडलाइट्ले पनि कुहिरो छेड्न सकेन । अलिक अघि बडेपछि त सिमसिम पानी पर्न थाल्यो । कसैको पनि रेनकोट थिएन । सुकेटर देखी नै कच्ची बाटो शुरु भएको थियो । कच्ची बाटोमा त्यसै पनि हाँक्न डराउने मान्छे म । त्यो उचाइमा पानीले समेत कुटेर हात पनि ठिहिर्याएको हुँदा दुई-तीनपटक बाइक पल्टाउँदै बल्ल देउराली भन्ने सानो बजारमा पुगिएछ। त्यहिँको एउटा पसलमा एक सयका दरले भाडा तिरेर मोटार्साइकल थन्क्याइयो । तातो तातो चाउचाउको सुप पिएर हामी उकालो लाग्यौँ ।
उकालो चड्ने मनिसहरु प्रसस्त थिए ।अँध्यारोमा बाटो सानो जस्तो लाग्थ्यो । फेदी पुग्न कती लाग्छ ? भन्ने हाम्रो एउटै प्रश्नको उत्तर मान्छे पिच्छे फरक फरक आए । हामीलाई नै थाहा थिएन आज हामी कहँसम्म जाने ? कहाँ पुगेर कतिबेला बास बस्ने ?!तथापी हामी उकालिइरह्यौँ । हाम्रो रानो राम दाजुले उहाँ कलेज पढ्दाका संस्मरण र मैले केही जोक्स सुनाएँ । भाइहरुको समेत केही रमाइला क्षणहरु मिसिएर त्यो अप्ठेरो उकालो बाटो धेरै काटिएछ । सोचेभन्दा छिटो तल्लो फेदी पुगियो । यही ठाउँमा बास बस्ने कि भन्ने पनि कुरो भयो तर भोलि बिहानलाई सजिलो हुन्छ भन्ने तर्कले जित्यो र हामी माथ्लो फेदितर्फ उकालीयौँ । अब हिँड्ने हामीमात्र जस्तो थियौँ । माथ्लो फेदी पुग्न कति लाग्छ भन्ने पनि कसैलाई थाह थिएन । अब त निक्कै गलेको पनि अनुभव भएको थियो । वातावरण पनि निक्कै सेलाएको अनुभुती हुन थाल्यो । बल्ल नौ बजेर केही मिनेटपछि हामी त्यो दिनको गनतब्यमा पुग्यौँ । बस्तीको शुरुकै एउटा घरमा बासको प्रबन्ध गरियो ।
त्यो छाप्रो कार्कीको रहेछ । उनीहरु तालिमप्राप्त 'होम-स्टे' पर्यटन व्यावसायी रहेछन् । भाइ रुद्र पनि त्यस्तै ब्यवसाय र तालिम गरेको ब्यक्ती भएकाले उनीहरुको लामो कुराकानी सुनियो । एउटा लोकल कुखुराको भाले किनियो र त्यसको सुपसँग खाना खाइयो । भित्तामा झुण्डाइएको मादल निकालेर बजाउन थालियो । सहुनी भाँडा माझ्न थालेपनि साहुजी आएर गीत गाउन थाले । हामी पनि रौसियौँ । लोक गीतका भाकाले थकान हरायो ।
सलल पानी बगेर झर्यो दुईखोला दोभान -दुइखोला दोभान
बैंसमा छँदै लाईराख माया ,ढल्केला जोवन -ढल्केला जोवन ।
एकछिन पछि त साहुनी पनि थपिइन् । रुद्र भाईले मादल ठोक्यो । हामीले गायौँ । राम दाजु र साहु-साहुनी नाच्न थालनुभयो ।
आज र मादल काँ बज्यो सुनकोशी किनारैमा
सुनकोशी किनारैमा हो..सुनकोशी किनारैमा
कान्छीको छाता ढल्काइदेउ यता
घाम पर्यो निधारैमा हो.... घाम पर्यो निधारैमा ।
पछि सबै नाच्नुपर्ने नियम बन्यो ।उनीहरुका साना छोरा र छोरी पनि नाच्न आए । म पनि कमल भाइसँग नाचेँ । यस्ता लोक गीत त दर्जन गाइयो होला । नाच्दा र गाउँदा साँढे एघार बजेछ ! त्यसपछि भने सुतियो । सुतेर सम्झिएँ मैले हिजो र आजमा अरुण पूर्वका नौ जिल्ला टेक्न भ्याएँ । आँफैमा मख्ख पर्दै निदाएँ ।
भोलिपल्ट चार नबजिकन हामी बाटो लाग्यौँ । लेक लाग्छ भनेर बोकेका मकै, भटमास , ग्लुकोज ,अदुवा र बेला-बेला अकबरे समेत टोक्दै ठाडो उकालो कष्टका साथ हिँडिरहयौ । बाटो निक्कै रहेछ । कसैलाई जित्दै अनी कसैबाट छोडिदै यात्रा जारी राख्यौँ । उज्यालो भएपछि फोटो र भिडियो खिच्दै उकालोमा चढिरह्यौँ । हिजै माथि थाप्लोमा पुगेर बस्नेहरु फर्कदै थिए । कसैले बाटो धेरै भएको कुरा गरे ,कसैले चाहिँ कम्ती छ भने । खसमा आ-आफ्नो हिँडाइको गती अनुसार फरक उत्तर आउने निष्कर्स निकल्यौँ हामीले ।
धेरैसँग चिनजान गर्दै , ठेगाना सोधेर आगामी दोश्रो संविधान सभाको निर्वाचनको बारेमा पनि मत बटुल्दै हाम्रो टोली त्यस्तै साडे सात बजेतिर पाथिभरा मन्दिर परिसरमा पुग्यो । खोबिल्टामा जमेको पानीको काँचजस्तो तर निकालेर एक अर्कालाई हान्दै रमाइलो गरियो । उत्तरतिर कनचनजंघा हिमाल नजिकै र होचो देखिन्थ्यो । पूर्वी आकाशमा धमिलो सूर्य देखिन्थ्यो । निक्कै ठुलो मैदानमा रहेकी पाथिभरा माताको पूजा आराधाना गरियो । भक्तजनको भिड थियो । त्यही भीडमा अच्युत मित्ज्यूकी बहिनी पनि रहिछिन् । उनीसँग छोटो भलाकुसारी गरियो । एकैछिनमा चिसो बड्यो । कुहिरो आयो । दृश्यहरु छोपिए । हामी देवीको मन्दिर परिसरमा छरिएका पैसा,केही रिबन, ध्वजा-पतका र फूलहरु बटुल्न थाल्यौँ । भक्तजनले त्यहाँ श्रद्धाले चडाएका सामाग्री अन्य श्रद्दलुले देवीको थानमा दाम तिरेर किन्न र प्रसादका रुपमा लैजान पाउने प्रचलन रहेछ । यता उता जताततै पैसै पैसा छरिएको देखिन्थ्यो । कापी, पेन्सिल र आमालाई बात्ती बनाउन एउटा ठुलो मुठो कपासको डोरी देवीसँग किने । केही ढक्की पैसा पनि बटुलिए । जाडो बेजोड्ले हुन थाल्यो । लेक लाग्छ भनेर सबै हतारिँदै तल झर्न थाले । हामीलाई पनि अलिक असहज महशुस भयो । हाइ आइरहन थाल्यो । त्यस्तै नौ बजेतिर त्यहाँबाट ओरालो झरियो । बेलुकी बास बसेको ठाउँमा आएर हिसाव मिलान गरी ओरालो झरियो । त्यस्तै साडे बाह्र बजे मोटार्साइकल राखेको ठाउँमा आइपुगियो । फुङलिन बजारको जरा नामक होटलमा आएर एकछिन आराम गरी खनपीन गरियो । त्यसपछि हामी एकैचोटी फिदिम आएर वास बसियो । ढिलो आइपुगेको हुँदा भेउ नपाएर त्यो रातको बसाइ राम्रो ठाउँमा हुन सकेन । तैपनी थकित शरीर लडाउनसाथ निदाइछ । भोलिपल्ट बिहानको खाना इलाम बजारको होटलमा खाइयो । दिनको एक नबज्दै श्रीअन्तु पुगियो ।
यसरी यो यात्राले मलाई चार दिनमा अरुण पूर्वका सबै जिल्ला टेकायो । संघियता र पुनसंरचनाले पछि यी सबै जिल्ला रहलान् वा नरहलान् तर अरुण त पक्कै रहन्छ । त्यसैले मैले यो यात्राको शीर्षक नै चार दिनमा अरुण पूर्व राखेको हुँ ।पछि फेरी पनि पाथिभराको सुन्दर अनि पवित्र भूमिमा पुगिएला तर यसरी एक फेरो मारेर त पक्कै नपुगिएला भन्ने लागिरहेको छ ।

Comments
Post a Comment