गीत
एकु घिमिरे
चैनपुर न पा -६ ,संखुवासभा
गैह्री धारा सुकिसक्यो , देवी कुवा सुक्यो
खर्क ढाक्ने निलो ताल कता लुक्यो-लुक्यो।
न बेंसीमा पयौं फुल्यो , न लेकमा गुराँस
समयले हामीलाई पार्न थाल्यो निरास
न बेलामा पानी पर्छ , न त हिउँ झर्छ
झुक्किएर परिहाल्दा बौलाए झैँ गर्छ।
गैह्री धारा सुकिसक्यो...............................
रोगाएर सुक्न थाले चाँप अनि चिमाल
कालो -कालो हुँदै गयो चाँदीजस्तो हिमाल
वर्षा यामामा जाडो हुन्छ, हिउँदमा गर्मी
समयले लत्तो छाड्यो ,बन्यो धेर बेशर्मी।
गैह्री धारा सुकिसक्यो........................................
एकु घिमिरे
चैनपुर न पा -६ ,संखुवासभा
गैह्री धारा सुकिसक्यो , देवी कुवा सुक्यो
खर्क ढाक्ने निलो ताल कता लुक्यो-लुक्यो।
न बेंसीमा पयौं फुल्यो , न लेकमा गुराँस
समयले हामीलाई पार्न थाल्यो निरास
न बेलामा पानी पर्छ , न त हिउँ झर्छ
झुक्किएर परिहाल्दा बौलाए झैँ गर्छ।
गैह्री धारा सुकिसक्यो...............................
रोगाएर सुक्न थाले चाँप अनि चिमाल
कालो -कालो हुँदै गयो चाँदीजस्तो हिमाल
वर्षा यामामा जाडो हुन्छ, हिउँदमा गर्मी
समयले लत्तो छाड्यो ,बन्यो धेर बेशर्मी।
गैह्री धारा सुकिसक्यो........................................
Comments
Post a Comment