Skip to main content

गाउँको गजल

जुन ठाउँमा साझा पाटी र पौवा ,चौतारा भेटिन्छ

त्यै गाउँमा मात्र मानवीयता -भाइचारा  भेटिन्छ । 

 

बिकासभित्र दुईखुट्टे भिड , शहरमा खोई मान्छे ?

पैसाको लागि आमालाई मार्ने ज्यानमारा भेटिन्छ ।

 

अटल हुन्छ गाउँमा मान्छे बिक्दैन पशु भई

शहरमा रङ फेरेर बाँच्ने छेपारा भेटिन्छ ।

 

मिनिरल वाटर , कोल्ड ड्रिङ्क्स भन्छन् , तिर्खा नै महङ्गो

गाउँघरमा सफा अबिरल कुवा र धारा भेटिन्छ ।


 

Comments